सर्वोच्चमा हितेन्द्र र कुलमानको रिटमाथि सुनुवाइ हुँदै, आउला अन्तरिम आदेशकाे फैसला? 

खबर बुक
  • ख-
  • ख+

२० चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादसम्बन्धी रिटमाथिको सुनुवाइ आज पनि हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको छ।

मंगलबार पनि न्यायाधीशद्वकै इजलासमा पेसी तोकिएको थियो भने मुद्दा हेर्दाहेर्दैमा सारिएको थियो।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबाट दायर रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा परेको हो। 

मंगलबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो। चुडाल र पाण्डेको इजलासले नै अब अन्तरिम आदेश हुने÷नहुने निर्णय गर्नेछ। चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो।

सरकारले चैत १२ गते मन्त्रिपरिषद् निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध कुलमानले चैत १४ गते रिट दायर गरेका थिए भने सोही दिन नयाँ कार्यकारी निर्देशक हितेन्द्रले पनि आफूलाई गैरकानुनी रूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तका विषयमा कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार उक्त मुद्दाको रिट हेर्दाहेर्दैमा राखिएको थियो। 

यसअघि चैत १५ गते सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोध्दै दुवै पक्षलाई छलफलका लागि चैत १७ गते बोलाए पनि रिट हेर्न नमिल्ने सूचीमा राखिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको चार वर्षअघिको मुद्दामा सर्वोच्चबाट ३२ पटक पेसी तोकिएको छ भने कुलमानको रिट दर्तापछि प्रत्येक दुई–दुई दिनमा पेसी तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्