स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

न्युज कारखाना
  • ख-
  • ख+

स्याङ्जा, ४ मंसिर

राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माद्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ ।

एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ ।

सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्