एपीएफले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने, को को पर्लान उत्कृष्ट खेलाडीमा ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ चैत ।विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ । 

आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष र महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयर, लाइफ टाइम अचिभमेन्ट, स्पेसल अवार्ड गरि ८ विधा समावेश गरि पुरूष्कृत गर्न लागेको हो ।

हलचोकस्थित कृष्णमोहन स्मृति भवनमा हुने कार्यक्रमका अवसरमा एपिएफका पूर्व खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने एपिएफले जनाएको छ । 

यस्तै क्लबले खेलाडीलाई एपिएफ आइजी ‘कमेन्डेसन अवार्ड’ पनि प्रदान गर्ने भएको छ ।

वर्ष पुरुष महिला र खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयरका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्