काठमाडौं, १६ चैत । गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।
शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो । शुक्रबार राजवादीले गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको थियो।
आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कैयौँ घरमा तोडफोड गरेका थिए। एक घरमा आगो लगाएका थिए। केही घरमा पसेर उनीहरूले त्यहाँ रहेका कार्यालयमा तोडफोड रआगजनी गरेका थिए।












