फाइनलमा आज आर्मी र पुलिस भिड्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १६ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय व्रिmकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुँदै छ। 

रुपन्देहीको भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरू उपाधि प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेको बताए।  दुवैले उपाधि आफ्नो पक्षमा जाने दाबी गरे।

सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा पुलिसले दुई र आर्मीले एक पटक उपाधि हात पारेको छ। गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो।

प्रधानमन्त्री कपमा खेलेका नौ खेलमध्ये दुवै टिमले समान आठ खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेका थिए। लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट  मैदान, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल  र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय मैदानमा खेल सम्पन्न भएका थिए। 

खेल आज विहान ९ बजे सिद्धार्थनगरमा सुरु हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्