काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यू हट्यो, गाडीको आवतजावत सामान्य बन्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १६ । काठमाडौंको तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि लगाइएको कर्फ्यूको हटाइएको छ ।

अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

यसअघि गएराति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको थियो ।

बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी भएपछि आवतजावत ठप्प भएको थियो ।

काभ्रे हुँदै काठमाडौं ओहोरदोहोर गर्ने गाडी पनि चल्न सकेका थिएनन् । कर्फ्यू हटेपछि गाडीको आवतजावत सामान्य हुन थालेको छ । यस्तै काठमाडौंका अरु ठाउँमा पनि गाडीको आवतजावत सामान्य रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्