सुन तोलाको १ लाख ७६ हजार २ सय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैत ।  नेपाली बजारमा  सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान बनाएको छ । 

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। 

बिहीबार  प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो। यसअघि ७ चैतमा १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्