ब्लुक्रस अस्पतालका संरक्षक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १४ चैत । वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । ८९ बर्षिय श्रेष्ठको आज निधन भएको हो । ललितपुरको कुपोन्डोल निवासी डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ।

डा. श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको ब्लुक्रस अस्पतालले जनाएको छ। सर्वसाधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिनुभएका डा. श्रेष्ठ तत्कालीन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक हुनुहुन्थ्यो ।

राजपरिवारको चिकित्सक रहेका कारण उहाँलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ । डा। श्रेष्ठको निधनप्रति नेपाल चिकित्सक संघले समेत दुःख व्यक्त गरेको छ । श्रेष्ठ त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालका संरक्षक पनि हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्