ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १३ । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । वनमा लागेको आगोका कारण बस्ती पनि जोखिममा परेको छ । बागमती गाउँपालिका(४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ ।

स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले बताए । आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् । स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्