मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदैँ गण्डकी बिजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ चैत । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मधेश प्रदेशलाई सुपर ओभरमा गण्डकीले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा दुवै टोलीले २४६ रन बनाए पछि खेलको निर्णय सुपर ओभरबाट लिनु परेको हो । प्रधानमन्त्री कपमा यो पहिलो सुपर ओभर हो । सुपर ओभरमा गण्डकीले प्रस्तुत गरेको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्रै बनाउ सकेको थियो  भने मधेशका लागि रुपेशसिंहले ६ र पवन सराफले तीन रन बनाएका थिए ।

त्यसअघि गण्डकीले सुपर ओभरमा २२ रन बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले १३ र सुदीप अर्यालले ६ रनको योगदान गरेका थिए । खेलमा मधेशले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन नै बनाए पछि खेल टुंग्याउन सुपर अाेभरमा गएकाे हाे ।

जितसँगै ९ खेलमा ४ अंक जोडेको गण्डकी आठौं स्थानमा छ । पराजित मधेश ७ खेलबाट समान अंकका साथ सातौं स्थानमा रहेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्