महोत्तरीमा उत्साहजनक मतदान, ७० प्रतिशत मत खस्न सक्ने अनुमान

खबर बुक
  • ख-
  • ख+

महोत्तरी, ४ मंसिर । महोत्तरीका सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको छ ।

जिल्लाका चारवटै क्षेत्रमा निर्धारण गरिएको चार सय ९९ मतदान केन्द्र र दुई सय ५८ मतदानस्थलमा आइतबार बिहानैदेखि उत्साहजनक उपस्थिति रहेको हो ।

चारै क्षेत्रमा तीन लाख ९७ हजार मतदाता छन् । जसमध्ये दुई लाख १५ हजार एक सय ३१ पुरुष र एक लाख ८१ हजार आठ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

यसमध्ये ७० प्रतिशत मत खस्न सक्ने निर्वाचन आयोगको अनुमान छ । जिल्लाभरि प्रत्यक्ष र समानुपातिकमा मतदान गर्न लाइनमा मतदाता बसेका छन् । सुरक्षाकर्मी र कर्मचारीहरुले समानुपातिकमा मतदान गरिरहेको जानकारी प्राप्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्