३ दिनमा ३९ अंकले घट्यो नेप्से

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र ५ । तीन दिनमा सेयर बजार ३९.४४ अंकले घटेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा सीमित भएको छ।अघिल्लो कारोबार दिन सोमबार १०.१४ अंक र आइतबार २१.६३ अंकले घटेको थियो। तीन दिन गरेर नेप्सेमा ३९ अंकको गिरावट आएको हो। 

मंगलबार नेप्सेमा कुल ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बरारबरको कारोबार भएको थियो।  मंगलबार कारोबारमा आएका मध्ये ८६ कम्पनीका सेयर मूल्य बढ्दा १५२ कम्पनीको भने घटेको छ। यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य  ९.९६ प्रतिशत, हिमालयन पावर पाटर्नको ९.९० प्रतिशत र अप्पर सोलु इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले बढेको छ। मंगलबार सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्सनको ७.७२ प्रतिशत, आरबीबी म्युचअल फण्डको ३.७९ प्रतिशत र सयपत्रि हाइड्रोपावरको सेयर मूल्य ३.२९ प्रतिशतले घटेको छ। 

मंगलबार  बैंकिङ समूहको सेयर मूल्य ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.४२ प्रतिशत,  फाइनान्स समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको  ०.३६ प्रतिशत, जलविद्युत् समूहको ०.१७ प्रतिशत, लगानी समूहको ०.४२ प्रतिशत,  जीवन बिमा समूहको ०.७० प्रतिशत, उत्पादन समूहको ०.२३ प्रतिशत, लघुवित्त समूहको ०.३१ प्रतिशत र म्युचअल फण्ड समूहको सेयर मूल्य ०.३७ प्रतिशतले घटेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्