मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौँ, ३ मंसिर

भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ । काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्