पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, फागुन २७ ।  जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार देउखुरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । 

कर्णाली प्रदेशले दिएको मात्र ९२ रनको लक्ष्य पछाएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यसअघि पहिला ब्याटिंग गर्दै कर्णालीले २७.२ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो । 

जारी पीएम कपमा गण्डकीको यो पहिलो जित हो ।  गण्डकीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।  त्यस्तै कर्णालीको पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्