बेनिफिकामाथि बार्सिलोनाको जित

खबर बुक
  • ख-
  • ख+

२२ फागुन, काठमाडौं ।युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा बार्सिलोनाले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले बेनिफिकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा राफिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको २२औ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

बेनिफिकाको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको बार्सिलोनाले दोस्रो लिग मार्च ११ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्