
केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्या दिउँसो पौने १ बजे खेल्नेछन् ।
नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय श्रृङ्खाला नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ ।
नेपालले घरेलु टोलीसँगको दोस्रो खेल भोलि र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।