१९ फागुन, काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले चैत ६ गते साधारणसभा आह्वान गरेको छ। बैंकले यो वर्ष पनि सेयरधनीलाई लाभांश वितरण प्रस्ताव नगरी साधारणसभा बोलाएको हो।
साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणल, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिलगायत विषयका एजेन्डा निर्धारण गरेको छ।
साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्नेछ।











