इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौँमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् ।

सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् । आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो ।

४७ बर्षिय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्