च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १७ । इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ ।

जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको हो । इङल्याण्डका लागिजो रुटले सर्बाधिक ३७ रन बनाए भने जोफ्रा आर्चरले २५, बेन डकेटले २४, कप्तान जोस बटलरले २१ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर माक्रो जानसेन र विआन मल्डरले ३-३ विकेट लिएका थिए भने केशव महाराजले २ तथा लुंगी एनगिडी र कगीसो रबाडाले एक एक विकेट लिएका थिए ।
             

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्