च्याम्पियन्स ट्रफी: अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ ।  अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको छ ।  जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो । 

अफगानिस्तानका लागि सेडिक्वालाह अटलले सर्बाधिक ८५ रन बनाएका थिए भने अजम्तुल्लाह ओमारजाईले ६७ रनको योगदान दिएका थिए । त्यसैगरी इब्राहिम जद्रानले २२, कप्तान हशमतुल्लाह शाहिदीले २० र राशिद खानले १९ रन बनाएका थिए । 

त्यसैगरी अस्ट्रेलियाका बलर बेनद्वारशुइसले सर्बाधिक ३ विकेट लिए भने स्पेन्सर जोन्सन र एडम जाम्पाले २-२ विकेट लिए ।  त्यसैगरी नाथन एलिस र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका थिए । 
     

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्