च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल बर्षाले रद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन । च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध भएको छ ।

पाकिस्तानको रावलपिन्डीमा हुनुपर्ने यो खेल बर्षाले खेल हुने अवस्था नभएपछि टस नै नभएर रद्ध गरिएको हो । खेल रद्ध भएभएपछि दुवै देशले एक एक अंक बाँडेका छन् । 

समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने परेको छैन । 

बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका थिए । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्