वेस्टह्यामसँग आर्सनल स्तब्ध

खबर बुक
  • ख-
  • ख+

११ फागुन, काठमाडौं । आर्सनल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्टह्याम युनाइटेडसँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा वेस्टह्यामले आर्सनललाई १-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

वेस्टह्यामको जितमा खेलको ४४औ मिनेटमा जारोड बोवेनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ७३औ मिनेटमा मिलेस लेविस स्केलीले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

यो हारपछि लिग जित्ने आर्सनलको अभियानमा धक्का लागेको छ । यो खेलपछि आर्सनलको २६ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडी परेको छ ।

त्यसैगरी वेस्टह्यामले भने महत्वपूर्ण ३ अंक हासिल गर्दै २६ खेलमा ३० अंक बनाएको छ र लिगमा १६औ स्थानमा उक्लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्