१  र २ का सिक्का साट्दै राष्ट्र बैंक, १०० रुपैयाँ बराबरको हुनैपर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

१० फागुन, काठमाडौं ।  नेपाल राष्ट्र बैंकलले १ र २ का सिक्का साट्ने भएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १ र २ का सिक्का हुनेले साट्न सक्ने बताउँदै शुक्रबार सूचना जारी गरेको हो।

सिक्का साट्न जाँदा कम्तीमा पनि १ सय रुपैयाँ बराबरको हुनुपर्ने विभागले बताएको छ।

२० हजार रुपैयाँभन्दा बढीको सिक्का भएमा सम्पर्क गरेर पनि सिक्का साट्न सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख छ।

सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्नेछ। मेटिएको, कोरिएको, विकृत सिक्का साट्न नसकिने राष्ट्र बैंकले बताएको छ।

news_13g5wtjduqg-1740143041.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्