लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ फागुन ।  लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे ।

अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।

म्यानमारले किर्गिस्तानलाई ५–० गाेलले हराउँदै लगातार दाेस्राे जीत हासिल गरेकाे हो । म्यानमारले पहिलाे खेलमा लेबनानलाई ३–१ गोलले हराएकाे थियाे ।

अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्