लेवनानविरुद्ध नेपालको जित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ८ । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध नेपालले जित हासिल गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा लेवनानलाई १-० को गोल अन्तरले पराजित गरेको हो । नेपालका तर्फबाट खेलको ४२औं मिनेटमा नेपालकी सावित्रा भण्डारी साम्बाले टोलीलाई पहिलो अग्रता दिलाएकी हुन् । ।

कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी हुन् । उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार हुँदै गोलमा परिणत भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्