रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक

खबर बुक
  • ख-
  • ख+

८ फागुन, बुटवल ।स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

बिहीबार बिहान राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल लिगको अन्तिम १६ मा पुगेको हो।

रियलले समग्र प्लेअफमा ६-३ गोलले अगाडि रह्यो। रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे।

खेलको चौथो, ३३औं र ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे।

रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनमध्ये एक टिमसँग समना गर्नेछ।

रियल च्याम्पियन्स लिगको साबिक बिजेता टीम हो।

यस्तै, डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन्।

दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि डर्टमन्ड समग्रमा ३-० को अग्रताले अघि बढ्यो।

ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढेको छ। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्