५ फागुन, काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला १२०० रुपैयाँले बढेर १ लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ। आज चाँदी आइतबारको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ।











