५ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन दिने आवेदकमध्ये संक्षिप्त सूचीमा समावेश पाँच उम्मेदवारलाई आगामी फागुन १० मा अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ।
प्राधिकरण अध्यक्ष नाम सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच आवेदकलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसहित अन्तर्वार्ताको लागि बोलाएको हो।
समितिका अनुसार कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई बिमा प्राधिकरण अध्यक्ष पदका लागि अन्तर्वार्तामा उपस्थित हुन सूचना जारी गरिएकाे हाे।











