पेट्रोलमा मूल्यवृद्धि, डिजेल-मट्टीतेलको घट्यो, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल÷मट्टीतेलको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल÷मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्