सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ कति ?

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौं, २१ माघ । सुनको भाउ आज पनि यथावत् रहेको छ ।

सुनको भाउ हिजोजस्तै तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय १० रुपैयाँ रहेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्