सुनको भाउ स्थिर रहँदा चाँदी घट्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ २० । नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ ।

यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्