मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ -मन्त्री पाण्डे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ १९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आइएमई ग्रुपको लगानीमा बागलुङमा निर्माण भएको इला कम्फोर्ट लक्जरी होटलको शनिबार उद्घाटन गर्दै मन्त्री पाण्डेले निजि क्षेत्रलाई प्रोत्साहन गर्दै मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

मुलुकको आर्थिक सुधार गर्नकै लागि आवश्यक कानून बनाउन सरकारले अध्यादेश ल्याएको उहाले बताउनुभयो । मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवद्र्धन गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले मुलुकमा राजनीतिक अस्थीरता अन्त्य गर्नका लागि २०८४ सालसम्मै सरकारलाई बलियो बनाएर अघि बढ्ने जिकिर गर्नुभयो ।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताउनुभयो ।

करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्