काठमाडौं। काठमाडौं महानगर २४ इन्द्रचोकबाट अवैध ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगर १५ घर भई हाल काठमाडौं टोखा बस्दै आएका ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उनलाई अवैध नगदसहित पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











