एन्फा राष्ट्रिय लिगः एपीएफ फाइनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ माघ । एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

 
त्रिभुवन आर्मी क्लबमाथि  जित हासिल गर्दै एपिएफ क्लब एन्फा राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको हो ।

शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एपिएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्