तोलाको १ हजारले बढ्यो सुनकाे भाउँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ माघ । नेपाली बजारमा आज सुन तोलको १ हजारले बढेको छ। अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन आज बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्