
काठमाडौं, माघ ७ । बैंकहरुको कर्जा प्रवाहमा समस्या रहेको उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएको छ ।
कृषि विकास बैंक लिमिटेडको ५८ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकहरुको निक्षेपकोे अनुपात बढेपनि कर्जा प्रवाह हुन नसकेको बताउनुभएको हो।अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैकंहरुले लगानी गर्नुपर्नेमा जोड दिनुभयो।उँहाले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उदेश्य हासिल हुन नसकेको बताउनुभयो ।उहाँले बैंकको क्षमता, सामथ्र्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसुची बनाई अगाडि बढ्न सबै कर्मचारीहरुलाई आग्रह गर्नुभयो।बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उँहाले बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीेले बैंकहरुमा अराजक प्रवृत्ति मौल्याँएको बताउनुभयो। ऋण लिइसकेपछि तिर्दिन भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उँहाले भनाई छ ।यद्यपि यसका बाबजुद पनि समग्र मुलुकोे अर्थतन्त्र सुधारउन्मुख रहेको उँहाको उल्लेख गर्नुभयो ।मुलुकको राजस्व, तरलतामा वृद्धि वित्तीय व्यवस्थापनमा सुधार भइरहेको गर्भनर अधिकारीले बताउनुभयो
उक्त अवसरमा कार्यसम्पादनमा उत्कृष्ट रहेका कृषि बैंकका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।