बजारमा तरलता बढेपछि ६० अर्ब उठाउँदै राष्ट्र बैंक

खबर बुक
  • ख-
  • ख+

६ माघ, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत रकम उठाउन खोजेको हो।

राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो २ बजे बोलकबोलको समय कायम गरेको छ। बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी माघ २७ गते तोकिएको छ, यसको ब्याजदरसमेत बोलकबोलको माध्यमबाट हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलनका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्