सुनको मूल्य बढ्यो , आज कति पुग्यो तोलाको ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ ४ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

बुधबार (अस्ति) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । बुधबारको तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढेर कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्