नेप्से ७ अंकले घट्दा फाइनान्स समूहमा ५ प्रतिशतको गिरावट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ३ । सेयर बजारमा ७.३३ अंकको गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३३ अंकले घट्दै २५८८.६२ बिन्दुमा रोकिएको छ। 

अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १.८३ अंकले बढेको थियो। आज नेप्सेमा कुल ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

बिहीबार कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

बिहीबार बोटलर्स नेपाल (बालाजु), वीन नेपाल लघुवित्त र मन्डाकिनी हाइड्रोपावर सकारात्मक सर्किट लागेको छ। यस्तै, पोखरा फाइनान्समा भने नकारात्मक सर्किट लागेको छ। 

बिहीबार फाइनान्स समूहमा सर्वाधिक अर्थात् ५.१९ प्रतिशतको गिरावट आएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्