३० असोज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। ३० गते बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलमा १ र डिजेल÷मट्टितेलमा ४ रुपैयाँले बढाएको हो।
योसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल÷मट्टितेल १५१ रुपैयाँ पुगेको छ। निगमले एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।











