काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले भदौ २ देखि लागू हुने गरी अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
अधिकारी नेपाल बैंकका पूर्वसीईओ हुन्। तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा गत माघ १ देखि लागू हुने गरी स्वीकृत भएको थियो।
हाल बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन्।











