८ साउन, काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू आजदेखि नै सुरु हुँदैछ ।
३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने बिहीबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् ।
पुरुष फुटबलअन्तर्गत आज पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।











