काठमाडौं । सहकारीमा रकम राखेर फिर्ता माग्दा नपाएपछि देशभरका सहकारी पीडितले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा विरोध प्रदर्शनमा निस्किएका पीडितलाई सांसद र मन्त्रीले समेत साथ दिएका छन्।
सहरकारी पीडितको प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले र बागमती प्रदेशका सहकारी मन्त्री शैलेन्द्रमान वज्राचार्यले एक्यबद्धता जनाएका छन्।
प्रदर्शनमा युवादेखि वृद्धवृद्धासमेत सहभागी छन्। उनीहरूले सहकारीको रकम हिनामिना गर्नेलाई पक्राउ गरी कारबाही गर्न र आफूहरूको रकम फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

























