नेपाल राष्ट्र बैंकको ६९ बार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगितामा नियमन निकाय राष्ट्र बैंकलाई बैंकका सिईओहरुले गोलको बर्षा गरेका छन् ।
बुधबार आयोजित प्रतियोगितामा आयोजक केन्द्रिय बैंकलाई सिईओहरुको संस्था नेपाल बैंकर एशोसिसन (एनबीए)ले ५ गोल हानेको हो । केन्द्रिय बैंकले भने एनबीएलाई २ गोल फर्काएको थियो ।











