काठमाडौं। प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
मूल्य नतोकिएको सेयर खरिद गर्न चाहने संस्थापकले चैत ९ देखि ३५ दिनभित्र केन्द्रीय कार्यालय बबरमहलमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।
तोकिएको समय संस्थापक सेयरधनीको आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले बताएको छ।











