नेपालको पाँचौँ छैटौँ गुम्याे, कप्तान पौडेल शून्यमा आउट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा कुशल मल्ल ३६ रन बनाएर आउट भएका छन्। यो सँगै नेपालको छैटौँ विकेट गुमेको छ। 

मल्लले ५२ बलमा १ चौका र तीन छक्का हाने।  त्यस्तै,ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेर आउट भएका थिए। उनले ६४ बल खेल्दै ८ चौका र एक छक्का हानेका थिए। हाल नेपालले  नेपालले छैटौँ विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए। 

९ बल खेल्दै कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्।   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्