तेस्रो भक्तपुर कप फागुन १८ देखि सञ्चालन हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १ फागुन ।   तेस्रो संस्करणको भक्तपुर कप फुटबल प्रतियोगिता फागुन १८ गतेदेखि सञ्चालन हुने भएको छ । 

भक्तपुर युवा टिमको आयोजना हुने तेस्रो संस्करणको प्रतियोगितामा फागुन १८ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । 

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेता टिमले ६५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए । प्रतियोगितामा प्रत्येक खेलमा एक जना उत्कृष्ट र एक जना उदयमान खेलाडीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

भक्तपुर युवा टिमले कोभिड लगत्तै खेलकुदको गतिविधि सुन्य प्राय रहेको अवस्थामा भक्तपुर कप फुटबल प्रतियोगिताको सूरुवात गरेको थियो ।

टिमले विभिन्न प्रतियोगिताको आयोजना गरेर खेलाडी, अम्पायर, रेफ्री उत्पादनमा सहयोग पुर्याउँदै आएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्