डिप्रेशन के हो ? कसरी रोकथाम गर्ने ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, माघ १६ । डिप्रेसन मूलत मानसिक समस्या हो । तर, डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।

डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भयो भने उपचार जटिल हुँदैन । त्यसबाट सजिलै उम्कन सकिन्छ । त्यसैले डिप्रेसनको लक्षणबारे सबैले बुझ्नैपर्छ । आफुमात्र होइन, आफ्ना परिवार समेत डिप्रेसनमा छरछैन भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

डिप्रेसन मूलत मानसिक समस्या हो । तर, डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।

डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भयो भने उपचार जटिल हुँदैन । त्यसबाट सजिलै उम्कन सकिन्छ । त्यसैले डिप्रेसनको लक्षणबारे सबैले बुझ्नैपर्छ । आफुमात्र होइन, आफ्ना परिवार समेत डिप्रेसनमा छरछैन भन्ने कुरामा ख्याल राख्नुपर्छ ।
कसरी बच्ने न यसबाट रु

डिप्रेसनबाट बच्ने राम्रो विधी भनेको यसबारे खुलेर कुराकानी गर्नु । आफ्नो नियमित जिन्दगीमा सानोतिनो सुधार ल्याएर व्यवस्थित गरौ । आफू र आफ्नो शरीरका लागि समय दिनुपर्छ । यो कसरी गर्ने त, आउनुस चर्चा गरौं ।

१. कुरा गरौं, सहयोग मागौ

डिप्रेसनमा परेका व्यक्तिहरुले यसबाट बाहिर निस्किनका लागि आफ्नो मनले खाएका प्रियजनहरुसँग नियमित सम्पर्कमा रहनुपर्छ । उनीहरुलाई खुलेर आफ्नो समस्याहरु सेयर गर्नुस र परिस्थितिसँग लड्नका लागि उनीहरुको मद्दत माग्नुस् ।

यसमा अप्ठ्यारो मान्नुपर्ने कुनै कुरा छैन ।सबैभन्दा नजिकका साथीहरुले खराब समयबाट बाहिर निकाल्दैनन् भने अरु कसले निकाल्छ ?

२. स्वस्थ खाना र व्यायाम

स्वस्थकर र सन्तुलित कानपानबाट मन खुशी रहन्छ । यसैगरी, कैयन् वैज्ञानिक सोधले प्रमाणित गरेका छन् कि डिप्रेसन हटाउने सबैभन्दा प्रभावकारी तरिका भनेको व्यायाम हो । हामीले व्यायाम गर्दा सेरोटोनिन र टेस्टोस्टेरोनजस्ता हार्मोनहरु रिलिज हुन्छन् जसले दिमागलई स्थिर गर्छ ।

डिप्रेसनलाई बढाउने खालका विचारहरु आउन रोकिन्छ । व्यायामले हाम्रो शरीरलाई स्वस्थ मात्र बनाउँदैन, बल्कि शरीरमा सकारात्मक उर्जाको सञ्चारसमेत गर्छ ।

३. आफूभित्रको लेखकलाई फेरि जगाउने

भनिन्छ कि आफूभित्रको भावना यदि अरु कसैसँग व्यक्त गर्न सकिँदैन भने कागज र कलम लिएर त्यसलाई अक्षरमा उतार्नुपर्छ । लेख्दा मनमा भएको कुण्ठाहरु पोखिन्छन् । यसका अलावा आत्मनिरिक्षण र विश्लेषण गर्न पनि मद्दत मिल्छ ।

डायरी लेखेर मानिसहरु चमत्कारी ढंगबाट डिप्रेसनमुक्त भएको धेरै भेटिन्छ । आजका ब्लगको विकल्प पनि छ । अथवा, फेसबुकमा पनि आफ्ना विचारहरु अभिव्यक्त गर्न सकिन्छ ।

४. साथीसँग नजिकिने, नकारात्मक व्यक्तिसँग टाढिने

असल साथीहरुले हाम्रो मुडलाई राम्रो बनाइराख्छन् । उनीहरुबाट हामीले आवश्यक सहानुभूति पनि प्राप्त गर्न सकिन्छ । उनीहरुले हाम्रो कुरालाई ध्यानपूर्वक सुन्छन् । डिप्रेसनका दौरानमा यदि हाम्रो मनोभावलाई कसैले धैर्यता र ध्यानपूर्वक सुन्यो भने पनि हामीलाई राम्रो लाग्छ ।

असल साथीहरुसँग नजिक हुनुका अलावा नकारात्मक विचारले भरिएका व्यक्तिहरुसँग यतिबेला टाढा बस्नु आवश्यक छ । अन्यथा उनीहरुले हाम्रो मनोबल गिराउँछन् ।
५. पुराना कुराहरु नसोचौ

आफ्ना पुराना गल्तिहरु सम्झिने र त्यसमा पछुतो मान्ने गरियो भने झनै डिप्रेसनको चंगुलमा फसिनेछ । पुराना कुराहरु हाम्रो नियन्त्रणमा हुँदैनन् । त्यसलाई दिमागमा राखेर के फाइदा रु पुराना कुराहरु सोच्नुभन्दा आजमा केन्द्रित हुने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्