झापामा दादुराका ७ जना विरामी फेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ माघ ।  झापामा दादुराले ७ जना विरामी भएका छन्।

झापा गाउँपालिकामा ६ जना र विर्तामोड नगरपालिकामा १ जना गरी ७ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलका अनुसार ७ वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट विरामी भएका छन्। गत वर्ष बाँकेको नेपालगञ्जमा दादुरा फैलिएको थियो।

सरकारले ९ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको नियमित खोप दिइरहेको छ तर झापा गाउँपालिकामा ७ वर्षको अवधिमा १ हजार ७८७ जना बालबालिकाले दादुराविरुद्धको नियमित खोप नलगाएको पाइएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्