काठमाडौँ, २८ मङ्सिर । मुलुकको निर्यात थप ओरालो लागेको छ। पछिल्लो चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो।











